टोकियो । जापानभर कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या १९६१४ पुगेको छ । मंगलबार रातिसम्म जापानभर १३८ जना नयाँ संक्रमित थपिदा जापानमा आन्तरिक र बाह्य गरि १९,६१४ जना पुगेको हो ।
जापानमा आन्तरिक १८,७५३ जना र योकोहाको क्रुज पानी जहाजमा ७१२ र नागासाकी क्रुज पानी जहाजमा १४९ गरि १९,६१४ जनामा कोरोना संक्रमण भएका छन् । अहिलेसम्म आन्तरिक र बाह्य गरि जापानमा ९७२ जनाको मृत्यु भएको छ । जापानमा कोरोना संक्रमितमध्ये १६,७०५ जना निको भएर डिस्चार्ज भएका छन् ।
जापानभर मंगलबार १३८ जनामा कोरोना संक्रमण हुँदा ७४ जना निको भएर घर फर्केका छन् । जापानमा कोरोना संक्रमणका ८९ प्रतिशत विरामी निको भएर डिस्चार्ज भएका छन् । जापानमा ४ लाख ६८ हजार २८३ जनालाई परिक्षण गरिएको रेकर्ड छ ।
टोकियोमा आज मंगलवार ३० तारिख एकैदिन ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । टोकियोमा संक्रमित कुल संख्या ६२३५ पुगेको छ ।
जापानको अहिलेसम्मको विवरण


फेसबुकबाट तपाइको प्रतिक्रिया