टोकियो । जापानमा कोरोनाको कारण काम गुमाएकाहरुलाई शेर्पा संघ जापानले राहात वितरण अभियान थालेको छ ।
शेर्पा संघ जापानले शेर्पा तथा गैह्रशेर्पा नेपालीहरुमध्ये अति पिडितको पहिचान गरी टोकियो, गुन्मा, चिवा र इवाराकी क्षेत्रमा बसोवास गर्दै आएको नेपाली समुदायलाई खाद्यान, मास्क लगाएत अत्य आवश्यकिय सामाग्रहरु उपलब्ध गराएको छ ।
यस दौरानमा विभिन्न क्षेत्रबाट समन्वय गरी राहात कार्यक्रमलाई सहयोग पुर्याउनु हुने सम्पुर्णमा हृदय बाटै धन्यवाद ज्ञापन संघले गरेको छ । आजसम्म गरि २१ जनालाई राहत वितरणको र आज चौथो दिन गुन्मा वितरण गरेको शेर्पा संघ जापान अध्यक्ष दावा लामा शेर्पाले जानकारी दिनुभयो ।
शेर्पा संघ जापान अध्यक्ष शेर्पाका अनुसार शेर्पा संघ जापानको राहात कोषमा ७ लाख येन भन्दा बढी संकलन भएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया