जापानमा आज १७५ जनामा कोरोना संक्रमण,संक्रमित २० हजार नजिक

जापान । टोकियोमा आज जुलाई २ तारिख एकैदिन १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोनाबाट संक्रमितहरुको संख्या १०७ जना पुष्टि भएको हो ।
हिजो ६७ जना संक्रमित पुष्टि भएको थियो । आज १०७ जनासहित टोकियोमा संक्रमित कुल संख्या ६४०७ पुगेको छ । आज साझँ ८ बजेपठि जापानभर १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

जापानभर आन्तरिक र बाह्य गरि आजसम्म १९ हजार ९४९ जनामा कोरोना संक्रमित भएको छ । टोकियो लगाएत जापानका शहरहरुमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया