आइएलओद्धारा एनआरएनएलाई ५ करोड सहयोग,कोभिड १९ बाट प्रभावित देशमा खर्चने

जापान । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० रुपैयाँ रुपैयाँ अनुदान दिने भएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले आइएलओ र गैर आवासीय नेपाली संघ बीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी गराउनुभयो ।

केसीले गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभा तथा ज्ञान सम्मेलनलाई सम्वोधन गर्दै आईएलओको सहयोग बारे जानकारी दिनुभएको हो । संघका अध्यक्ष कुमार पन्तले आइएलओको निर्णय स्वागत योग्य भएको बताउनुभयो । उहाँले गैर आवासीय नेपाली संघप्रति विश्वभरका नेपाली लगायत अन्तर्राष्ट्रिय समुदायको समेत भरोसा रहेको भन्ने सन्देश गएकाले आएलओको आर्थिक सहयोग दिएको जानकारी गराउनुभयो ।
एनआरएनए महासचिव डा.हेमराज शर्माका अनुसार कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गर्न लागेको हो । संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ । संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ ।
महासचिव डा. शर्माका अनुसार आइएलओबाट प्राप्त सहयोगले नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने भएको छ । सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रोपोजल तयार पार्नुभएको थियो ।

त्यस्तै, कोषाध्यक्ष महेश श्रेष्ठले आइएलओले संस्थाको आर्थिक पारदर्शीताको पाटो बलियो देखेर सहयोग गरेकोमा खुसी ब्यक्त गर्नुभयो । सहमतीपत्रमा हस्ताक्षर भइसके पनि रकम आउँन भने केहि समय लाग्ने पनि कोषाध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया