कुमामोतो क्षेत्रमा बर्षाका कारण जनधनको क्षतिप्रति एनआरएनए जापानद्वारा दु:खद व्यक्त

जापान । जापानको कुमामोटो क्षेत्रमा व्यापक वर्षासँगै आएको बाढी,पहिरो र डुवानमा परेर भएको जनधनको क्षतिप्रति दुःख भक्त गरेको छ ।
एनआरएनए जापानले एक विज्ञप्ति निकाली दुःख व्यक्त गरेको हो । संस्थाका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिश्वभर कोरोना भाईरसका कारण आक्रान्त भैईरहेको अवस्थामा जापानको क्युस्यु र कुमामोतो क्षेत्र भारी बर्षाका कारण बाढी पहिरोले पिडा माथि पिडा थपि दर्जनौले ज्यान गुमाउनु भएको,दर्जनौ बेपत्ता र कतिपय घाईते हुनुका साथै जनधनको ठुलो क्षतिको दु:खद खवरले अत्यन्तै दुखी बनाएको जनाएको छ।
यस दु:खद घटनाबाट ज्यान गुमाउनु हुनेहरू प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उपचार्थ रहनु भएका सम्पुर्ण घाईते प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै उक्त क्षेत्रमा रहनु हुने सम्पुर्ण महानुभावहरूलाईं उच्च सतर्कता अपनाई सुरक्षित रहनको लागी पनि अपिल गरेको छ र यस बाढी पहिरोका कारण समस्यामा पर्नु हुने नेपाली समुदायलाई सम्बन्धित क्षेत्रका एनआरएनए प्रतिनिधिहरू संग सम्पर्क गर्नु समेत विज्ञप्तिमा अनुरोध गरेको छ ।

एनआरएनए हटलाईन नम्बर:- 080 9700 6011

फेसबुकबाट तपाइको प्रतिक्रिया