टोकियो : बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
एनएचके टेलिभिजनले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार,सडकलगायतका सेवामा पनि अबरुद्ध भएको देखाइएको छ । प्रभावित क्षेत्रका सयौँ नागरिकहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरु ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नु पर्ने सुझाव दिएको छ । तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरुले जनाएका छन् ।
जापानमा हरेक बर्ष बाढी,पहिरोमा परेर सयौँको मृत्यु हुने गरेको छ । विशेष गरेर वर्षायामको बेलामा यस्ता घटना धेरै हुने गरेका छन् । बर्षा कुमामोतो,मियाजाकी ,नागासाकी, सागा र फुकुओकाका विभिन्न स्थानहरुमा बाढि, पहिरो तथा डुबानको चेतावनी जारी गरेको छ ।
यसअघि सन् २०१८ मा पनि बाढी पहिरोमा परी दक्षिणी क्षेत्रमा २०० भन्दा धेरैको मृत्यु भएको थियो । ती मध्ये झण्डै आधाको हिरोसिमामा मृत्यु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया