टोकियोमा बिहिबार एकैदिन २२४ जनासहित जापानभर ३५४ जनामा कोरोना संक्रमण

टोकियो । टोकियोमा बिहिबार थप एकैदिन २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २०४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
टोकियोमा अहिलेसम्म ७२८२ जना संक्रमित भएका छन् । बिहिबार जापानमा ३५४ जनामा कोरोना संक्रमण भएको छ । जापानभर आजसम्म आन्तरिक र बाह्य गरि २१ हजारभन्दा संक्रमित पुगेका छन् ।
अहिलेसम्म १७ हजारभन्दा निको भएका छन् भने ९८२ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया