मोना जापानले म्याग्दीको बाढीपहिरो पिडितलाई आर्थिक संकलन गरि पठाउने

टोकियो । नेपालमा अविरल बर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर जनधनको क्षतिप्रति म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले दुःख व्यक्त गरेको छ ।
मोना जापानले उक्त दुःखद घड़ीमा ज़िल्लाको पिडालाई मलम लगाउन जापानबाट आर्थिक संकलन गरि पठाउने संयोजन समितिका सदस्य ददिवल खड्काले जानकारी दिनुभयो ।
गत असार २५ गते देखी परेको अबिरल बर्षाको कारण ठुलो बाढीपहिरो आउँदा म्याग्दी जिल्लाको बिभिन्न भुभागमा गरी हाल सम्म ३१ जनाभन्दा बढि बेपत्ता भएसँगै सयौ परिवार घरबार बिहिन भएका छन । यो अवस्थाले सम्पूर्ण जापानबासी म्याग्देलीहरुले दुःख व्यक्त गर्दै यस दुखद घडीमा ति दुख परेका परिवारमा केही हौसला दिन सकियोस भने उद्देश्यका साथ मोना जापान परिवारले सहयोग अभियान सुरु गरिएको हुँदा सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुले आँफुले सकेको सहयोग गरिदिनु हून अपील गरेको छ ।
हाल सम्म जापानमा ग़ुल्मी तथा अन्य सहयोगीहरूबाट ४ लाख ९ हजारभन्दा बढ़ी जापानी येन संकलन भएको छ ।
म्याग्दीमा शुक्रवारसम्म लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् ।

मोना जापान
खाता नम्बर = 10120-87744051 JP बैंक
थप जानकारीको लागि अभियान संयोजन समिती सदस्यहरु l
संयोजक = बिशाल केसी 080-6669-7850
सदस्य =ददिवल खड्का 090-6939-8806
सदस्य = बिस्णु बानिया 090-35393-536
सदस्य = दीपक कार्की 080-4313-7866
सद्स्य = सचिन श्रेष्ठ 090-1816-4767
सदस्य = प्रेम पुन 090-8344-8847
सदस्य = गणेश श्रेष्ठ 080-4147-1080

फेसबुकबाट तपाइको प्रतिक्रिया