सुशिल ज्ञवालीको “लास्टै मन परेर” तिज गीत बजारमा

टोकियो । जापानबाट सर्जक तथा लोकप्रिय गायक सुशिल ज्ञवालीको नयाँ तिज गित “लास्टै मन परेर”बजारमा ल्याएका छन् । गायक ज्ञवालीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको गित “लास्टै मन परेर”मा रमेश राज भट्टराईको संगित,सुशिल ज्ञवाली र भूमिका गिरीको स्वर केशब बडुको एरेन्ज रहेको छ ।
सुशिल ज्ञवालीको आफ्नै शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा बिल्कुलै नया अनुहारका मोडल तथा डान्सर अमृत रानाको निकै दमदार नित्यमा पछील्लो समय निकै चर्चा बटुल्दै गरेकि निकै कलात्मक नित्य प्रस्तुत गर्न सफल रुबिना अधीकारीले साथ दिएकी छन् । गितको म्युजिक भिडियोको निर्देशन बरिष्ठ नित्यनिर्देसक शंकर बिसिले गरेका छन भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् । म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।
भिडियो

फेसबुकबाट तपाइको प्रतिक्रिया