जापानबाट २६३ जना नेपाली चार्टर विमानबाट स्वदेश फिर्ता

टोकियो । जापानबाट  नेपाल फर्किनुपर्ने प्राथमिकता सुचीमा परेका २६३ जना नेपालीहरु आज स्वदेश फर्किएका छन् ।

नेपाली राजदुताबास जापानको प्राथमिकता सुचीमा परेका २६३ जना नेपालीहरु आज आइतबार नेपाल एयरलाईन्सको चार्टर विमानबाट नेपाल फर्कीएका हुन ।

जापानमा रहेका र समयमा नेपाल फर्किन नपाई समस्यामा परेका नेपालीहरुलाई ,नेपाली राजदूतावास जापानको कुटनैतिक पहल तथा गैरआवासीय नेपाली संघ जापानको विशेष सक्रियतामा  नेपाल पठाईएको हो । जापानबाट यस अघिनै प्राथमिकताको पहिलो र दोस्रो सुचीमा परेकाहरु फर्किसकेका छन् । जापानबाट भएको यो तेस्रो चार्टड फ्लाईट हो ।कोरोना परिक्षणका लागि आवाश्यक उपकरण बनाउने मेसिन खरिद तथा हस्तान्तरणदेखि निरन्तर लागेको एनआरएनए जापानले आज पनि, राष्ट्रिय आविस्कार केन्द्रका विभिन्न सामानहरु पनि पठाएको छ । जापानबाट चार्टड फ्लाईटमा नेपाल पठाउने क्रममा, हरेक पटक एनआरएनए जापानका विभिन्न पदाधिकारीहरुले सहयोग गर्दै आएका छन्

नेपालबाट २९ जना यात्रुहरु जापान आएको सोहि विमानमा जापान आउनु भएका हवलचन्द्र लामाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया