विदेशमा कोरोना संक्रमित ९२ प्रतिशत नेपाली कोरोनामुक्त :एनआरएनए

जापान । विदेशमा रहेका कोरोना संक्रमित नेपालीहरु मध्ये धेरैजसो कोरोनामुक्त भएका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तरर्गतको स्वास्थ्य समितिले जनाए अनुसार कोरोना संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोनाबाट मुक्त भएका हुन ।

यसबाट विदेशमा कोरोना भाइरसका कारण निधन हुने र संक्रमण हुने नेपालीहरुको संख्या उल्लेख्य रुपमा कमी हुँदै गएको संघले बताएको छ । शनिवार साँझसम्म विश्वभर संक्रमित २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको संघले जनाएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा यो साता कोरोना संक्रमणको दर सामान्य रुपमा बढेको छ ।

नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको नेपालीहरुको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ । जस मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया