टोकियोमा थप २०६ जनामा कोरोना संक्रमण,संक्रमित ७,९२७ पुग्यो

जापान । टोकियोमा आज थप २०६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

टोकियोमा आज जुलाई १२ तारिख दिउसो ३:३९ बजेसम्म २०६ कोरोना संक्रमित थपिएको एनएचकेले समाचार उल्लेख गरेको छ । ४ दिन देखि लगातार टोकियोमा २०० बढ़ी संक्रमित थपिएका छन । हिजो २०६  जना संक्रमित भएका थिए । अहिलेसम्म टोकियोमा ७९२७ जना संक्रमित छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया