जापानमा आइतवार ४०९ जनामा कोरोना संक्रमण,संक्रमित २२,७०० पुग्यो

जापान । टोकियोमा २०६ जना थपिदा जापानभर आइतवार ४०९ जनामा कोरोना भाइरस संक्रमया भएको छ । आइतबार रातिसम्म जापानमा ४०९ जना नयाँ संक्रमित थपिएर आन्तरिक र बाह्य गरि २२ हजार ७०० जना पुगेको छ ।
जापानमा आन्तरिक २१ हजार ८३९ जना र योकोहाको क्रुज पानी जहाजमा ७१२ र नागासाकी क्रुज पानी जहाजमा १४९ गरि २२ हजार ७०० जनामा कोरोना संक्रमण भएको हो । अहिलेसम्म आन्तरिक र बाह्य गरि जापानमा ९८३ जनाको मृत्यु भएको छ । जापानमा कोरोना संक्रमितमध्ये १८ हजार ३ जना निको भएर डिस्चार्ज भएका छन् ।
जापानभर हिजो आईतबार ४०९ जनामा कोरोना संक्रमण हुँदा १५४ जना निको भएर घर फर्केका छन् । संक्रमण भएका ८२ प्रतिशत विरामी निको भएर डिस्चार्ज भएका छन् । जापानमा ५ लाख ५८ हजार ६२२ जनालाई परिक्षण गरिएको रेकर्ड छ ।
जापानको राजधानी टोकियोमा सबैभन्दा बढी जुलाई १२ तारिख एकैदिन २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । टोकियोमा संक्रमित कुल संख्या ७९३७ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया