जापान । टोकियोको नेपाली लगाएत विदेशीहरूको बाक्लो बस्ती भएको शिन-ओकुबोमा ग्लोबल बजार संचालनमा आउने भएको छ ।
शुभम कम्पनी जापानले संचालनमा ल्याउन लागेको ग्लोबल बजार यहि जुलाई १५ तारिख बुधबार भोलीबाट संचालनमा आउने भएको हो ।
ग्लोबल बजारको नामबाट संचालन हुन लागेको उक्त सुपर मार्केटमा नुनदेखी सुनसम्ममा पाउने छ । अन्तर्राष्ट्रिय फूड र फेशन पाउने सो सुपर मार्केटमा विशेषगरि विदेशी फूड्सको सम्पूर्ण सामग्री,सुन,नेपालमा बनाएको कलात्मक सामग्री,फेशनका ब्रांडेड कपडाहरू लगाएत रेमिट्यान्स पनी कारोबार गर्ने संचालक अरुण श्रेष्ठले जानकारी दिनुभयो । मयूर कर्पोरेशनबाट नेपाली कोदोको रक्सी लगाएतको वितरण गर्दै आउनु भएका ब्यवसायिक श्रेष्ठको टिमले यो नयाँ ब्यवसाय सुरु गर्न लागेको हो ।
जापानको टोकियोस्थित ओकुबो नजिक सुरु हुन लागेको सुपर मार्केटमा सम्पूर्ण तयारी हुँदासम्म ३८ करोड जापानी येन लगानी हुने संचालक श्रेष्ठले बताउनु भयो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया