जापान । आजबाट शुभम कम्पनी जापानले ओकुबोमा ग्लोबल बजार आफनो सेवा औपचारिक रुपमा संचालन गरेको छ ।
टोकियोको नेपाली लगाएत विदेशीहरूको बाक्लो बस्ती भएको ओकुबोमा ग्लोबल बजार आज जुलाई १५ तारिख बुधबारबाट संचालन भएके हो ।
ग्लोबल बजारको नामबाट संचालन भएको उक्त सुपर मार्केटमा नुनदेखी सुन र जिरा देखी हिरा सम्म पाउने जनाएके छ । अन्तर्राष्ट्रिय फूड र फेशन पाउने सो सुपर मार्केटमा विशेषगरि विदेशी फूड्सको सम्पूर्ण सामग्री,सुन,नेपालमा बनाएको कलात्मक सामग्री,फेशनका कपडाहरू लगाएत रेमिट्यान्स पनी कारोबार गर्ने संचालक अरुण श्रेष्ठले जानकारी दिनुभएको छ । मयूर कर्पोरेशनबाट नेपाली कोदोको रक्सी लगाएतको वितरण गर्दै आउनु भएका ब्यवसायिक श्रेष्ठको टिमले यो नयाँ ब्यवसाय सुरु गरेको हो ।
जापानको टोकियोस्थित ओकुबो नजिक सुरु गरेको ग्लोबल बजारको ब्यबसायिक सफलता र प्रगतिको कामना गर्न जापानका विभिन्न संघसंस्थाका ब्यक्तिहरु आई कामना गरेका छन् । 

फेसबुकबाट तपाइको प्रतिक्रिया