जापान । फुकुओका नेपाल सोसाईटीको २५ औं अधिवेशनले शिव शर्माको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ ।
सोसाइटीको वरिष्ठ उपाध्यक्षमा माधव सिग्देल,उपाध्यक्षहरुमा सुजन केसी, मुक्तिनाथ ढकाल र महिला उपाध्यक्षमा ललिता तामाङ, प्रवक्तामा दिलेन्द्र जोशी, सचिवमा सन्जिव रेग्मी, सह-सचिवमा इन्द्रप्रसाद घले, कोषाध्यक्षमा अशोक सेडाई, सहकोषाध्यक्षमा प्रेम दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रवि बस्नेत र दिपक विक चयन भएका छन् ।
सहमतिको आधारमा सम्पन्न अधिवेशनको निर्वाचन कमिटिमा फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष छत्र दाहालको नेतृत्वमा एनआरएनए जापानका उपाध्यक्ष एवम् फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्षहरु लक्ष्मण बानियाँ, रामकृष्ण श्रेष्ठ, पुरुषोत्तम सिग्देल र नवीन अधिकारी रहेका थिए । गत सोमबार फुकुओका शहरको हाकाता स्टेसन नजिक एक हलमा सम्पन्न अधिवेशनको सभापति सभापति योगेश कार्की र कार्यक्रम सञ्चालन मुक्तिनाथ ढकाल रहेका थिए ।
सर्वसम्मत अध्यक्षमा निर्वाचित शिव शर्माले स्थानीय सबै संघसंस्थाहरुसँग हातेमालो गर्दै कोभिड-१९ ले पारेको प्रभाव न्युनीकरण गर्ने खालका कार्यक्रम ल्याउने बताए ।
निवर्तमान अध्यक्ष योगेश कार्कीले फुकुओकाको इतिहासमा गणेश मन्दिरको स्थापना गर्न सफल भएकोमा खुशी व्यक्त गरे । साथै उनको कार्यकालमा सहयोग गर्ने कार्यसमिति एवं सल्लाहकारहरुलाई प्रमाण पत्रमार्फत् सम्मान गरे ।
फुकुओका नेपाल सोसाईटी सुरुवातका दिनहरुमा एकआपसमा नेपालीहरुबीच चाडपर्व मनाउने गरिन्थ्यो भने दिनप्रतिदिन बढ्दै गएको नेपालीहरुको चापसँगै यसको कार्य क्षेत्रहरु पनि बढ्दै गएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया