टोकियोमा थप २८० जनामा कोरोना भाईरस संक्रमण

जापान । टोकियोमा आज थप २८० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
टोकियोमा आज जुलाई १६ तारिख बिहिबार बिहान ११:३० बजेसम्म २८० जना कोरोना संक्रमित थपिएको एनएचकेले समाचारमा उल्लेख गरेको छ । टोकियोमा हिजो १६५ जना संक्रमित भएका थिए । अहिलेसम्म टोकियोमा ८६३४ जना संक्रमित छन ।
राजधानी टोकियोमा यो संख्या अहिलेसम्मकै उच्च रहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया