जापान । टोकियोमा आज एकैदिन थप २३९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज आईतवार जुलाई २६ तारिख २३९ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो २९५ र अस्ति २६० जनामा संक्रमण पुष्टि भएको थियो ।
यो संगै टोकियोमा कुल संक्रमित ११ हजार २१४ जना पुगेको छ । टोकियोमा ६ दिनयता २०० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकोले जोखिम पनी बढ़ेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया