टोकियोमा सोमबार १३१ जनामा कोरोना संक्रमण,संक्रमित ११,३४५ पुग्यो

जापान । टोकियोमा आज एकैदिन थप १३१ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज सोमवार जुलाई २७ तारिख दिउसो १४:३० वजेसम्म् १३१ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो २३९ र अस्ति २९५  जनामा संक्रमण पुष्टि भएको थियो ।

यो संगै टोकियोमा कुल संक्रमित ११ हजार ३४५ जना पुगेको छ । टोकियोमा ७ दिनयता २०० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकोले जोखिम पनी बढ़ेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया