जापान । टोकियोको जेआर आसगाया स्टेशनमा एक दृष्टिविहीन हिंडिरहेका जापानीको ट्रेनको ठक्करबाट मृत्यु भएको छ ।
जुलाई २६ तारिख ३ बजे आसगया ट्रेन स्टेशनमा एक ५१ वर्षीय मित्सुनोबु योशिमोटो दृष्टिविहीन व्यक्तिको निधन भएको महानगर प्रहरी विभागले जनाएको छ । महानगरीय प्रहरी विभागका अनुसार टोकियोको सुगिनामी वार्डस्थित जेआर आसगया स्टेशनमा रोकेर गुडन लागेको जेर चुबो लाईनको प्लेटफर्ममा हिंडिरहेको एक जना व्यक्ति ट्रेनको ठक्करबाट ट्रयाकमा खसेर मृत्यु भएको जनाएको छ
त्यस व्यक्ति कोइदइरा शहरको व्यवसाय र असगाया स्टेशन नजिकै वृद्धस्रममा स्वयम् सेवा गरेर फर्क़ीको बुझिएको छ ।महानगरीय प्रहरी विभागले दुर्घटनाको विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया