कोरोनाका कारण अमेरिकामा एकै दिन १४ सयबढीको मृत्यु,विश्वभर १ करोड ७१ लाख बढी संक्रमित

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ६९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय भन्दाबढीको कोरोना संक्रमणबाटै मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार ९ सय ४८ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा  २ लाख ८४ हजार ३ सयबढीमा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७९ हजार ९२पुगेको छ ।

संक्रमितमध्ये  १ करोड ६ लाख ९३ हजार भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । ५८ लाख १६ हजार १ सयभन्दाबढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६६ हजार ३ सय ८८ जनाको अवस्था गम्भिर रहेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४५ लाख ६८ हजार ३७ पुगेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एकै दिन १४ सय बढीको भएको छ । यो संगै मृत्यु हुनेको संख्या  १ लाख ५३ हजार ८ सय ४० पुगेको हो। २२ लाख ४५ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा २५ लाख ५५ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने ९० हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया