नेफिन जापानको आयोजनामा २६औं विश्व आदिवासी दिवस भर्चुगल प्रविधिबाट सम्पन

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानको आयोजनामा २६औं विश्व आदिवासी दिवस भर्चुगल प्रविधिबाट सम्पन भएको छ ।
आज अगस्त ९ को आईतवारको दिन विश्व आदिवासी दिवस शुभकामना आदानप्रदान गरि सम्पन्न भएको हो ।
जापानमा आज २६औं विश्व आदिवासी दिवस कोरोना भाईरसको महामारीको कारण यस पटक जुम भर्चुगल प्रविधिबाट नेफिन नेपालका केन्द्रिय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा ,विदेश विभाग प्रमुख गोविन्द छन्त्याल,नेपाली दुतावास जापानका द्धितिय सचिव जित बहादुर कार्की ,नेफिन जापान सल्लाहकार ओम गुरुङ,हवलचन्द्र लामा लगाएतको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । नेफिन जापान अध्यक्ष टेकबहादुर सुमन लिम्वु अध्यक्षतामा महासचिव शान्त पहरीले संचालन गरि कार्यक्रम सम्पन्न भएको थियो ।
जनजाति महासंघ जापानसंग आवद्ध ११ जातिय संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधीहरुको आतिथ्यातामा जापानमा रहनु भएका आदिवासी जनाजातिहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया