जापानमा कोरोना भाइरस संक्रमित ५५ हजार नाग्यो

जापान । टोकियोमा शनिबार थप ३८५ जनासहित जापानभर १२३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार टोकियोमा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १७ हजार ४५४ जना पुगेको छ ।
अगस्ट १५ साँझ ८ बजेसम्म जापानभर १२३३ जनामा कोरोना संक्रमण भएको छ । राजधानी टोकियोमा कोरोना संक्रमण उच्च रहेकोले जोखिम पनि बढेको छ ।
जापानमा कोरोना संक्रमण अहिलेसम्म आन्तरिक र बाह्य गरि ५५ हजार ९०१ जना पुगेको छ । अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १०९४ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया