टोकियोमा आईतबार थप २६० जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आईतबार थप २६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट १६ टोकियोमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो शनिबार टोकियोमा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राजधानी टोकियोमा कोरोना संक्रमण उच्च रहेकोले जोखिम पनि बढेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १७ हजार ७१४ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया