सोमबार ७ अर्बको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भोलि (भाद्र १ गते, सोमबार )३ बजे बोलकबोल भएर पर्सी (भाद्र २ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ । बैंकले एक सूचनामार्फत २८ दिन र ९१ दिनको अवधिका लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ ।

बैंकले २८ दिनको ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल भाद्र ३० गते परिपक्क हुनेछ । त्यसैगरी, ९१ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल मंसिर २ गते परिपक्क हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया