४१ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा,सीसीएमसीको बैठक बस्दै

देशभरी कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले आगामी रणनीतिको विषयमा छलफल गरेको छ ।

मंगलबार मात्रै १ हजार भन्दाबढी संक्रमण देखिएपछि आकश्मिक रुपमा मंगलबार साँझ बसेको सीसीएमसी बैठकले आगामी रणनीतिको विषयमा छलफल गरेको हो ।

उपत्यका लगायत देशभरी नै संक्रमणको दर बढेपछि आगामी रणनीति के हुने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय भने बैठकमा हुन सकेन । बैठकमा विगतमा सरकारले गरेका निर्णय र ती निर्णयहरुको प्रभावकारिताका विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

मंगलबारको बैठकमा संक्रमणको दर बढ्दै गएपनि आगामी रणनीति के हुने भन्ने विषयमा फरक फरक धारणा आएकाले आज पुनः बैठक बसी थप छलफल गरिनेछ ।

अहिलेसम्म देशका विभिन्न ४१ जिल्लामा पूर्ण वा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । साथै, कुनै प्रशासन तथा पालिकाहरुले सेना समेत परिचाल गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया