तीज फेष्टिवल फोटो प्रतियोगिता २०२० को विजेता औपचारिक रुपमा घोषणा

टोकियो । हरितालिका तीजको अवसरमा आयोजित तीज फेष्टिवल फोटो प्रतियोगिता २०२० को विजेता औपचारिक रुपमा घोषणा सम्पन्न भएको छ ।
टोकियोमा विहिवार कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरि भर्चुअलमाध्यमबाट एक कार्यक्रमविच तीज फेष्टिवल फोटो प्रतियोगिता २०२० औपचारिक टोषणा सार्वजनिक गरेको हो ।
जुलाई १८ बाट अगस्ट १० तारिखसम्म संचालिन उक्त कार्यक्रममा देशविदेशबाट ८४० जनाले सहभागि जनाउनु भएको थियो । उक्त कार्यक्रम सहभागि सबैलाई हार्दिक धन्यवादसहित विजेता घोषणा २०२० अगस्ट २० तारिख अर्थात् भाद्र ४ गते नेपाल सरकार,राष्ट्रीय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशेष अतिथिको रुपमा अमेरिकाबाट वरिष्ठ पत्रकार सुर्य थापा,एनआरएनए आईसीसी सदस्य ददिवल खड्का साथै एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ,पत्रकार महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेचितवन समाजका अध्यक्ष राजानकुमार श्रेष्ठ,एनविएका उपाध्यक्ष संजीव पोखरेल,कोषाध्यक्ष नर बहादुर थापा,समाजसेवी राजेन्द्र श्रेष्ठ,रुकुमेली समाजका अध्यक्ष प्रिन्स पुन लगाएत कार्यक्रममा तीज फोटो प्रतियोगिताको नियमअनुसार लाईक,कमेण्ट र शेयरमा आएको अंक जोडेर सबै भन्दा बढीलाई विजेता घोषणा गरिएको फोटो कन्टेस्ट आयोजक टिमले जानकारी दिएको छ ।

मातृसन्देश डट कमले आयोजना गरेको उक्त तीज फेष्टिवल फोटो कन्टेस्ट २०२० ले नेपाली कला संस्कृति झल्कने एकल वा जोडीको फोटोलाई प्राथमिकता दिएको थियो ।
उक्त तीज फेष्टिवल फोटो कन्टेस्टमा प्रथम ज्वाला संगौला, दोस्रोमा लक्ष्मी नेपाल,तेस्रो लक्ष्मी सापकोटाले हात पारेको छन । साथै उत्कृष्ट २० जनालाई सम्मान पत्र सम्मान दिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया