खोलामा डुबेर मृत्यु भएका गैरेको जापानमैं दाहसंस्कार सम्पन्न

टोकियो । गत सोमवार जापानको एक खोलामा डुबेर मृत्यु भएका गुल्मी आँचौरका तिर्कामणी गैरेको शनिबार जापानमैं दाहसंस्कार सम्पन्न भएको छ ।
गुल्मी आँपचौर सेवा समितीको पहलमा टोकियोको सिनागावा वार्डको निसी गोतान्दामा शनिबार दिउँसो गैरेको दाहसंस्कार गरिएको हो । उक्त अन्त्येष्टि कार्यक्रमा नेपाल ब्यवसायी संघका अध्यक्ष्ँ बिजय थकाली, एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ,प्रवासी नेपाली एकता मञ्चका सचिव शालिकराम भण्डारी,जनसम्पर्क समितीका अध्यक्ष रोसन केसी ,नेपाल तामाङ समाजकी अध्यक्ष रूबिना तामाङ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धी गौचन, आँपचौर सेवा समितिका निबर्तमान अध्यक्ष महेन्द्र अधिकारी,वर्तमान अध्यक्ष कृष्ण पोखरेल लगाएत व्यक्तिहरुको उपस्थिति रहेको थियो । आँपचौर सेवा समिति जापानको पहलमा आर्थिक संकलन गरि मृतक गैरेको दाहसंस्कार गरिएको र सहयोगी सम्पूर्णलाई समाजले हार्दिक धन्यावाद गरेको जनाएको छ ।
आँपचौरका गैरेको गत १७ तारिख जापानको राजधानी टोकियो स्थित एदोगावा नामक खोलामा पौडि खल्नेक्रममा डुबेर निधन भएको थियो । विगत ५ वर्षदेखि श्रीमतीसहित जापानमा रहँदै आएका गैरे कुक पेशामा जापान आई श्रीमती सहित टोकियोको सिनकोईवामा बस्दै आएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया