टोकियो । विगत ३ बर्षदेखि मुटुको रोगबाट ग्रसित काभ्रे जिल्ला रोशी गाउँपालीका ३ निवासी काले लामाको २१ बर्षीय छोरी पार्वती माया लामाको उपचारको लागि जापानवाट आर्थिक सहयोग नेपाल पठाएको छ ।
नेपाल तामाङ समाज जापान परिवार र काभ्रेली समाज जापानले आर्थिक सहयोग आज आईतवार नेपाल पठाएको हो ।
मर्नु र बाँच्नुको दोसाँधमा रहेकी बिरामी पार्वतीको लागि नेपाल तामाङ समाज जापान केन्द्रीय समिति, किताकान्तो क्षेत्रीय कमिटी, क्युस्यु क्षेत्रीय कमिटी फुकुओका र ओकीनावा क्षेत्रीय कमिटी गरी तामाङ समाजको तर्फबाट १९ मान येन (नेपाली रुपैया २१२,३०६ दुई लाख बाह्र हजार तीन सय छ)आर्थिक सहयोग गरेको छ । यसैगरी काभ्रेली समाज जापानले २८६,११२ येन(नेपाली रुपैया ३१९,७०१ तीन लाख उन्नाईस हजार सात सय एक) आर्थिक सहयोग गरेको छ । तामाङ समाज जापान र काभ्रेली समाज जापानले संकलन गरेको जम्मा रकम ४७६,११२ येन (नेपाली रुपैया ५३२,०१० पाँच लाख बत्तीस हजार दश) नेपाल पठाएको छ । नेपाल पैसा पठाउदा फोरेक्स जापानले निशुल्क पठाउने व्यवस्था गरेको छ । कोभिड १९ को प्रभावका कारण केही निश्चित व्यक्तीहरुसंग मात्र आर्थिक संकलन अभियान चलाएको अभियान संयोजक अखिल लामाले जानकारी दिनु भयो । तामाङ समाजले पनि निश्चित व्यक्तीहरुसंग मात्र आर्थिक संकलन गरिएको समाजका अध्यक्ष रुबिना तामाङले जानकारी दिनु भयो ।
बिरामी पार्वतीले समाजहरुको यो सहयोगले उपचार गरेर आफुँले नयाँ जीवन पाउने आशा पलाएको भनी खुशी व्यक्त गरेकी छिन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया