काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८५५ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १९९ जनामा, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३३,५३३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,३२७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १०,४५३ जना रहेका छन् । आइसोलेसनमा १४,२५० जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप ३१३ जना डिस्चार्ज भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया