कोरियाबाट हेमन्त र जुनुको नयाँ गीत “दोङ्देमून बजार” सार्वजनिक

कोरिया । दक्षिण कोरियामा कर्मथलो बनाउदै आउनुभएको उदयमान गायक हेमन्त गुरुङ र जादुमया आवाजकी धनी जुनु राईको स्वरमा नयाँ गित सार्वजनिक भएको छ ।
दक्षिण कोरियामा रहेर साहित्य सिर्जनामा कलम चलाइरहेकी कवि एवम गीतकार सुष्मा रानाहँमाको शब्दमा रहेको दोङ्देमून बजार… बोलको गीत सार्वजनिक भएको छ ।
कोरियामै रहेर संगीत क्षेत्रमा सक्रिय गायक हेमन्त गुरुङ र सुमधुर स्वरकी धनी गायिका जुनु राईको आवाज सुन्न सकिने छ ।संगीतकार विनोद खम्बुले मीठो लयमा कम्पोज गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ।
कोरियाको चाडपर्व छुसक सलनाल साथै विदाहरुका दिन नेपालीहरुको जमघट हुने ठाउँ दोङ्देमूनको ३ नम्बर गेट हो । उक्त गेटलाई पेरिफेरी बनाएर लेखिएको गीतमा कोरियामा नेपालीहरुको जनजीवनको झल्को भेटिन्छ भने गीतमा माया पीरती, कोरिया बसाईको अनुभूति साथै देश प्रेमपनी समेटिएको पाइन्छ । कोरियामै रेकर्ड गरिएको उक्त गित गायक हेमन्त गुरुङकै च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया