विश्वमा २ करोड ४३ लाखबढीलाई कोरोना संक्रमण,भारतमा एकैदिन ७५ हजारमा संक्रमण

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ४३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ४३ लाख ३१ हजार ५ सय २४ पुगेको छ । जसमध्ये १ करोड ६८ लाख ७२ हजार ५ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यस्तै एकै दिन थप ६ हजार ३ सय भन्दाबढीको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २९ हजार ६ सय ६४ पुगेको छ ।

संक्रमितमध्ये ६६ लाख २९ हजार ३ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ५ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा ३४ लाख ३४ हजार ३१७, उत्तर अमेरिकी मुलुकहरूमा ७० लाख ९१ हजार ६१५ ,एसियाली मुलुकहरूमा ६५ लाख ७८ हजार ८६१ ,दक्षिण अमेरिकी मुलुकहरूमा५९ लाख ७२ हजार ४४८, अफ्रिकी मुलुकहरूमा २८ हजार ६५६, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २७ हजार ७८४ जना संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६० लाख नाघेको छ । कोरोनाका कारण १ लाख ८३ हजार ६ सयबढीको मृत्यु भएका छन् भने ३३ लाख १३ हजार ८ सय भन्दाबढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३७ लाख २२ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख १७ हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २९ लाख ८ हजार ८ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा ३३ लाख ७ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएका छन् भने १ शजार १७ जनाको मृत्यु भएको छ । यससंगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० हजार ६ सय २९ पुगेको छ । संक्रमितमध्ये २५ लाख २३ हजार ४ सय भन्दा धेरै निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया