जापान । सर्जक दिपक कँडेलको नयाँ गीत ”बानी चकचके”सार्वजनिक भएको छ।
मेरी छोरी”बोलको गीतबाट लोकप्रिय बनेकी बाल गायिका दिपिका कँडेलको उत्कृष्ट आवाज रहेको गीत दिपिका म्युजिक प्रा.लिले बजारमा ल्याएको छ ।
गीतमा दिपक कँडेलको शब्द सृजना रहेको छ भने गणेश अधिकारीको संगीत रहेको छ । उक्त गीतमा दिपिका कँडेल र स्वर्गीय गायक दीपक परियारले आवाज दिएका छन् । सानी नानीको गीत गाउने कला र चकचके बानीलाई विषय बनाइएको गीतको निर्देशन मौसम हिमालीले गरेका छन् । गीतमा चलचित्रमा निकै चर्चित कलाकार जयकिसन बस्नेत, एलिना रायमाझी र बालकलाकार एभेलिनले अभिनय गरेका छन् ।
अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया