विश्वभर महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।
विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाबाट २ करोड ५१ लाख ६६ हजार ४ सय २६ जनामा सङ्क्रमण पुष्टि भएकामा १ करोड ७५ लाख ७ हजार ८ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । संक्रमितमध्ये ६९.५६ प्रतिशत निको भएका हुन् ।
यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ७ सय ७७ पुगेको वल्डोमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ५ हजार २ सयबढीको मृत्यु भएका छन् भने २ लाख ५६ हजार १ सय भन्दाबढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६८ लाख ११ हजार ७ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ३ सय बढीको अवस्था गम्भिर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६१ लाख ३९ हजार भन्दाबढी सङ्क्रमित भएका छन् ।संक्रमितमध्ये ३४ लाख ८ हजार ७ सय भन्दाबढी निको भएका छन् भने १ लाख ८६ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३८ लाख ४६ हजार ९ सय ६५ पुगेको छ भने १ लाख २० हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३० लाख ६ हजार ८ सय भन्दा बढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया