जापान । जापानमा कोरोना भाइरसका कारण रोजगारी गुमाएका ब्यक्तिका लागि सरकारले उपलब्ध गराउने अनुदान लिने समयावधि थप गरिएर डिसेम्बरसम्म बनाएको छ । यसअघि सेप्टेम्बर महिना सम्म तोकिएको समयावधि थपेर डिसेम्बर महिनासम्म लिन सकिने व्यवस्था गरिएको हो ।
कोरोनाको प्रभावका कारण कम्पनिले बिदा राखिदिएमा तथा आम्दानी ६० प्रतिशतभन्दा न्युन भएमा यो अनुदान प्राप्त गर्न योग्य मानिनेछ । यदि कुनै कम्पनीले आफ्नो कामदारलाई काम दिन नसकि बिदा दिएमा यस अनुदानका लागि आवेदन दिन सकिनेछ ।
सरकारले गत फेब्रुअरी महिनादेखि कोरोनाको असर स्वरुप कामदारहरुमा सिर्जना हुने आर्थिक भार कम गराउनका लागि विशेष उपायहरु अबलम्बन गरिरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया