आईन्द्र राईको टोकियोमा निधन,सहयोगका लागि परिवारको अपिल

जापान । भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिक दलगाउँ दिपेनी घर भई हाल वैदेशिक रोजगारको सिलिसिलामा जापानको टोकियो कर्मथलो बनाएर रहन्दै आउनु भएका आईन्द्र राईको निधन भएको छ ।
केही समय देखि कलेजोको रोगबाट ग्रसित भई उपचार गराईरहेको अवस्थामा राईको सेप्टेम्बर २ तारिक ३:४० बजे खावाकिता सोगोउ व्योइन (हस्पिटल) आसागायामा ३८ वर्षको अल्पायुमा असामयिक निधन भएको हो ।

परिवारसहित टोकियोमा बस्दै आउनु भएका राईको पारिवारिक अवस्था नाजुक भएको कारणले मन भएका मनका धनी सम्पूर्ण मनकारी मनहरूमा मृतकका श्रीमती कुसुम राईले आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्नु भएको छ ।

सहयोग गर्न चाहेमा जापान पोस्ट बैंक
खाता नम्बर १००२०-५९७१०६९१(कुसुम राई)

फेसबुकबाट तपाइको प्रतिक्रिया