काठमाडौं । गायक सुगम शेर्पाको नयाँ लोक गीत ‘पछेउरी अल्झायो बनको काँडैले’ सार्वजनिक भएको छ ।
कोरना कहरका बीच पनि नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्नका लागि सार्वजनिक गीतमा शब्द पनि शेर्पाले नै लेखेका छन् ।
पक्कै पनि मार्मिक शब्दहरु रहेको गीतले दर्शकहरुको मन जित्न सफल हुने आशा गर्दै गीतमा भिडियो छायांकनमा निकै मिहिनेत गरिएको छ ।
बिन्दावासिनी म्युजिकबाट सार्वजनिक भिडियोमा दिप लभ खातीले संगीत दिएका छन् । भिडियोमा दुर्गा खवास, तिलक श्रेष्ठ, सावित्रि श्रेष्ठ, ईन्दिरा थापा र तिल बहादुर कार्कीको कुशल अभिनय रहेको छ ।
घनश्याम तिमिल्सिनाको निर्देशन रहेको भिडियोको सम्पादन विश्वास भण्डारीको रहेको छ भने छायांकन मनोज खड्काको रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया