नक्कली सन्तान बनाई जापान ल्याएको आरोपमा दुई नेपाली पक्राउ

टोकियो । जापानको ईबाराकी केनमा नक्कली कागजात पेश गरी जापानको भिसा लिएको अभियोगमा दुई नेपाली पक्राउ परेका छन् ।
जापानी समाचार संस्था एनएचकेले जनाए अनुसार पक्राउ पर्नेमा नक्कली बुबा र नक्कली छोरी रहेका छन् । पक्राउ पर्नेमा दिपेन्द्र  सहनी (नक्कली बुबा) र  सृजना बोहोरा (नक्कली छोरी) हुन् । ईबाराकी केनको हिताची सहरस्थित हिगासी तागामाचीमा रेष्टुरेण्ट संचालन गर्दैआएका ३८ वर्षिय सहनीले आफ्नो सालीलाई (दिपिसा सहनी नाम राखी) छोरी बनाएर जापान प्रवेश गराएको खुलासा भएपछि फर्जि कागजात बनाई अध्यागम कानुन उल्लंघन गरेको आरोपमा उनीहरु दुबैजनालाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।
जापानमा पछिल्लो समय केही नेपालीले गरेका यस्ता किर्ते कामले गर्दा यहाँ रहेका अन्य नेपालीलाई समेत भिषामा समस्या हुने देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया