टोकियो । जापानमा कोरोना भाइरसको कारणले आम्दानी घटेका घरपरिवारलाई सरकारले दिंदै आएको बिना ब्याज ऋण प्रणालीको दुरुपयोग गरेको आरोपमा दुई जना नेपाली पक्राउ परेका छन् ।
कल्याणकारी कोषमा आधारित ऋण प्रणालीबाट फर्जी विवरण बुझाएर ४ लाख येन लिएको विषयमा उनीहरु पक्राउ परेको समाचारमा उल्लेख छ । पक्राउ पर्ने रेष्टुरेन्ट संचालक र अर्का एकजना रेस्टुरेन्टका कर्मचारी रहेका छन् ।
उनीहरुलाई जापानको आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको आरोप लगाइएको भएपनि उनीहरुले भने आफुहरु माथि लगाएको आरोपको अस्विकार गरेका छन् । साथै उनीहरुले नक्कली कागजात पेश गरि २० लाख येन अनुदान पनि लिएका हुन कि भन्ने शंकामा थप अनुसन्धान भइरहेको सान्केइ डटकममा समाचार छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया