गौरव पहारी र मेनुका प्रधानको जोडी फेरि उदाए

काठमाडौं । सुन साइली मार्फत चर्चामा आएका गौरव पहारी र मेनुका प्रधानको जोडी फेरि पनि अभिनय मार्फत सार्वजनिक भएका छन्।
चर्चित गायक तथा सङ्गीतकार साजन आवाजमा रहेको गीत “गाउँ घरमै रमाइलो “ओ एस आर डिजिटल मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो । गायक राइकै सङ्गीत तथा रमेश कार्कीको उत्कृष्ट शब्द सृजना मार्फत गीतले आफ्नो आफ्नो जन्मभुमि गाउ र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो हुन्छ भन्ने भाव बोकेको छ ।

गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीमा केही अधुरा अभिनय लाई पुर्णता दिलाउने अनुमान गर्न सकिन्छ।

भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरेका हुन् भने छायांकन पनि तुम्बाहाम्फेकै छ । भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।त्यसै गरी सन्जीव बराइलीले एरेन्ज गरेको उक्त गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया