डढेलोका कारण अमेरिकामा हालसम्म २७ को मृत्यु, राष्ट्रपति ट्रम्पले सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने

संयुक्त राज्य अमेरिका । अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण हालसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

ओरेगोनमा विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ । डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् ।

क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाव देखिएको छ । अमेरिकी राज्यहरूमा लागेका दुई ठूला डढेलोले आइतबारसम्ममा करिब २० करोड हेक्टर अर्थात्  न्यू जर्सी राज्यको क्षेत्रफल बराबर क्षेत्र विनास गरेको अधिकारीहरूले बताएका छन् ।

अरेगोनका गभर्नर केट ब्राउनले उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस हराइरहेका र दशौं हजार आफ्नो घर छोड्न बाध्य भएको बताएका छन् । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् । डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ । साथै करिब पाँचलाख व्यक्तिहरू डढेलोका कारण असुरक्षित रहेकाले उनीहरूलाई तयारी अवस्थामा रहन गभर्नर ब्राउनले निर्देशन दिएका छन् ।

मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको  बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका बताइएको छ ।  दुई चार दिन मौसममा केही चीसोपन आउँदा अग्नि नियन्त्रणका लागि खटिएका अधिकारीले राहत महशुुस गरेको बताउँदै आएका भएपनि सोमबारदेखि मौसम प्रतिकुल हुने खबरले गर्दा डढेलो नियन्त्रणका लागि थप केही समय लाग्ने अनुमान गर्न थालिएको छ ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्नियाको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिने राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले पछिल्ला केही हप्ता भएका चुनावी अभियानमा डढेलोबारे खासै चर्चा नगरेपनि शनिबार पश्चिमी राज्य नेभाडाको अभियानमा डढेलोको क्षेत्रबारे चर्चा गरेका थिए ।  राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले डढेलोलाई जलवायु परिवर्तनसँग जोडेर सरकारले जलवायुको मुद्दासँग जोडेका छन् ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया