टोकियो । जापानको विभिन्न स्थानमा गरि एकैसाता तिन जना नेपालीको मृत्यु भएको छ । जापानको टोकियोमा गत सेप्टेम्बर ७ तारिख गेन्की थाम्सुहाङ,सेप्टेम्बर १० मा खोटाङका इन्द्रकुमार राईको उपचारको क्रममा निधन र त्यस्तै सेप्टेम्बर १३ तारिख राति सुतेकै अवस्थामा रुपन्देहीका २९ वर्षका सुवास पाण्डेयको मृत्यु भएको छ ।
४ वर्षिय नेपाली बालक गेन्की थाम्सुहाङको अंगुरको दाना घाँटीमा अडकिएर असामहिक निधन भएको थियो । विहान आमाले किन्डर गार्डेन (होईकेन)मा सकुशल पुर्याएको बच्चालाई होईकेनमैं मृत्यु भएको थियो । मृतक थाम्सुहाङको गत शनिबार अन्तिम श्रद्धाञ्जली टोकियोमैं भएको थियो ।
सन २०१८ मा जापानको फुकुओकामा प्रशिक्षार्थी भिषामा आएका तिलोत्तमा नगरपालिका ८ , रूपन्देहीका २९ वर्षका सुवास पाण्डेयको मृत्यु भएको थियो । आईतबार बिदाका दिन पहाड घुम्न गएका पाण्डेय सोमबार विहान काममा नआएपछि रुममा जाँदा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
अस्पताल उपचार खोटाङ घर भई हाल जापानको शिजुओकामा कुक पेशामा रहेका इन्द्रकुमार राईको उपचारको क्रममा यहि सेप्टेम्बर १० तारिख निधन भएको थियो ।




फेसबुकबाट तपाइको प्रतिक्रिया