जापान । मुख्य क्याबिनेट सचिव योशिहिदे सुगा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी(एलडीपी)को अध्यक्ष चुनिका छन् । सोमवार भएको चुनावमा सुगा एलडीपीको अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित सुगा शिन्जो आबेको ठाउँमा प्रधानमन्त्रीको पदभार लिने सुनिश्चित भएका छन् । ।
योशिहिदे सुगाले निर्वाचितपछि समर्थित सांसदहरुलाई निवर्तमान प्रधानमन्त्री आवेको वाहवाही गर्न आग्रह गरेका थिए । कोरोनाभाइरस महामारी सामना गरिरहेको बेला राजनीतिक शून्यता हुनु हुँदैन, सुगाले भने, म जिम्मेवार लिनेछु र प्रधानमन्त्री आबेले गरेका प्रयासहरुलाई अगाडि बढाउनेछु । जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले गत अगस्ट २८ मा राजिनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा चुनाव भएको थियो । पार्टीको गुटसँग सम्बन्धित नभएको सुगाले कुल ५३५ मतको ३७७ मत प्राप्त गरी अध्यक्ष बन्न सफल भएका हुन ।
सुगाले ३७७ मत प्राप्त गर्दा प्रतिस्पर्धी किशिदाले ८९ र इशिबाशीले ६८ मत प्राप्त गरेका थिए ।

१६ तारिख संसदिय निर्वाचन पश्चात सुगा प्रधानमन्त्री बन्ने छन र सिन्जो आबेको बाँकी कार्यकाल २०२१ सेप्टेम्वरसम्म अर्थात एक वर्षसम्म रहने छ । जापानमा कोरोना महामारी नियन्त्रण,टोकियो ओलम्पिक गर्नु,मौद्रिक सुधार, राज्यकोषीय प्रोत्साहन र संरचनात्मक सुधार गर्नु पर्ने मुख्य जिम्मेवारी हुने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया