एनआरएनए युवा समितिको आयोजनामा नृत्य र गायन प्रतियोगिता गर्दै

जापान । दोश्रो पुस्तालाई नेपालसंग जोड्न र राष्ट्रियताप्रति सधै झुकाव रहोस भन्ने उद्धेश्यले  नृत्य र गायन प्रतियोगिता हुने भएको छ ।

संसारभर छरिएर रहेका १८ बर्ष भन्दा कम उमेरका दोस्रो पुस्ताका एनआरएन बालबालिकालाई सहभागी गराउने गरि प्रतियोगिताको आयोजना गरिएको हो । एनआरएनए आईसिसी युवा समितिद्वारा आयोजित संसारभर छरिएर रहेका १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको नृत्य र गायन प्रतियोगिता गरिने भएको हो ।

उक्त प्रतियोगितामा भाग लिन पहिलो चरणको छनौट सम्बन्धित देश भित्रै गराईने र प्रथम, द्वितीय र तृर्तिय हुन सफल बालबालिकालाई दोश्रो चरणमा एसिया प्यासिफिकबिच छनोट प्रतियोगिता सहभागी गराईने छ । एसियामा प्यासिफिकको प्रतियोगितमा पनि छनौट हुन सफल प्रतियोगीलाई अन्त्यमा आईसिसि स्तरिय प्रतियोगितामा सहभागी गराईने छ ।

यस नृत्य प्रतियोगिताको लागि जापानमा आफनो नृत्य तथा गायन भिडियो पठाउन आह्रान गरेको छ । सेप्टेम्बर १५ तारिखबाट नै सुरू भएको छनौट प्रकृया यही सेप्टेवर २३ सम्म रहनेछ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार यसका लागि प्रतियोगितामा सहभागी हुन चाहनेले बालबालिकाहरुले आफ्नो नृत्य र गायन भिडीयो बढीमा ५ मिनेटसम्म लामो क्लिप बनाएर एनआरएनए जापानको ईमेल  nrnanccjpn@gmail.com मा पठाउनु पर्ने छ ।

प्रतियोगिताको लागि भिडियो पठाउँदा एकल नृत्य र सामुहिक नृत्य,गायन बिधामा पठाउन सकिनेछ । छनौट चरण सम्पन्न गर्न एनआरएनए जापानकी बरिष्ठ उपाध्यक्ष अनिता गुरूङ संयोजकमा ५ सदस्य समिति बनेको छ । सदस्यहरुमा महिला उपाध्यक्ष सबिता श्रेष्ठ, महासचिव जनक बिक्रम शाही,सचिब टिकाराम खरेल र सदस्य अन्जु भण्डारी रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया