राजमित्र स्मृति पुरस्कार: पन्तलाई पुरस्कार गौतम अभिनन्दिन

अमेरिका : यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले”शैव” , कवि लालगोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई पुनरहेको निर्णायक समितिले  उक्त निर्णय गरेको हो । यसैगरि मुर्चुंगा एवं सारंगी वादक सुशील गौतमलाई अभिनन्दिन गर्ने भएको छ छ ।

साहित्यकार  सुशील नेपाल र  ईश्वरी नेपालद्वारा स्थापित  राजमित्र स्मृति प्रतिष्ठानले म्यासाचुसेट्स राज्यमा बसोबास गरेर नेपाली भाषा साहित्यको सेवामा निरन्तर सक्रिय रहनेलाई बिगत पाँच वर्षदेखि  नगद र प्रमाणपत्रद्वारा सम्मान गर्नेगरेको छ । उक्त पुरस्कारबाट साहित्यकार भारती गौतम, दीनेश राजभव्डारी , गोवर्ध्द पूजा , लालगोपाल सुवेदी र दीपा राई पुन  सम्मानित भइसकेका छन्  भने  लोक गायक मीन केसी र  सारंगी वादक श्याम नेपालीलाई अभिनिन्द भइसकेका छन् छ ।  कोरोनाको विषम परिस्थितिको कारण यस वर्षको कार्यक्रम २० तारिख आइतवार  १० बजे बिहान ज़ूम भर्चुअलबाट गरिनेछ । संस्थाले बोष्टन बाहिर तर उत्तर अमेरिकाभित्र रहेर नेपाली भाषा साहित्यको सेवा गर्ने नेपाली साहित्यकारलाई पनि सम्मान गर्ने निर्णय गरेको थियो तर यस वर्ष कोरोनाको कारणले गर्दा अर्को वर्षदेखि गरिनेभएको छ ।

यस वर्ष सम्मानित हुने साहित्यकार महेश्वर पन्त एनआरएनए भाषा साहित्य तथा संस्कृति सम्पदा संरक्षणका सदस्य हुनु भने उनका गीति एल्वम् लगायत फुर्लुंग ( उपन्यास) नवोल्नेहरू ( कथा संग्रह) र मुन्द्री ( कथा संग्रह) प्रकाशित छन् ।

साहित्यकार सुशील नेपालका प्रातस्मरणीय मातापिताको स्मरणमा स्थापित यस संस्थाले विगत पाँच वर्षदेखि आजसम्मका कार्यक्रमहरुलाई समेटेर स्मारिका छिटै प्रकाशन गर्न लागेको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष यम पौडेलले बताएका छन् छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया