बक्सर खेलाडीद्धय मोहन मर्हजन र अविरललाई जापानमा अभिनन्दन

नागोया । जापानको नागोया शहरमा बक्सिङ् खेलाडीहरु मोहन मर्हजन र अविरल घिमिरेको विशेष कार्यक्रम सहित अभिनन्दन गरिएको छ । कार्यक्रमको आयोजना एनआरएनए क्षेत्रिय समिति , नागोयाले गरेको थियो । कार्यकममा खेलाडीहरुलाई नगदसहित सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।
नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै जापानमा भएका राष्ट्रिय एवं अन्तरराष्ट्रिय किक बक्सिङ्ग खेलहरुमा निरन्तर सफलता हासिल गरेकोमा उहाँहरुको लगनशिलताको उच्च मूल्याङ्‌कन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको एनआरएनए क्षेत्रिय समिति, नागोयाका सचिव योमन देवानले बताए । सम्मान कार्यक्रममा किक बक्सिङ्ग खेलाडी अविरल घिमिरेले यस्तो किसिमको सम्मान कार्यक्रमले आफुमा अझै बढि हौसला बढ्ने धारणा व्यक्त गरे । अर्का खेलाडी मोहन मर्हजन भने कारण उपस्थित नभएकाले किक बक्सिङ्ग प्रशिक्षक तथा अविरल घिमिरेका बुवा देब घिमिरे मार्फत प्रमाण पत्र प्रदान गरिएको थियो ।
राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम खेलाडी अविरल घिमिरे तथा एनआरएनए आईसिसी मानार्थ सदस्य डिलाराम खरेलको विशेष अतिथ्य र एनआरएनए एशिया प्यासिफिक उप संयोजक पारशमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान साखाका सल्लाहकार तथा चितवन समाज जापानका सचिव कविकिरण न्यौपाने , एनआरएनए क्षेत्रिय समिति, नागोयाकी उप संयोजक सीता कोईराला , एनआरएनए आईसिसि पूर्व सदस्य केशर गिरी, आईसिसि मानार्थ सदस्य डिलाराम खरेल , किक बक्सिङ्ग प्रशिक्षक तथा अविरलका बुवा देब घिमीरे , एनआरएनए एसिया प्यासिफिक उप संयोजक पारशमणि पोखरेल,एनआरएनए जापानका उपाध्यक्ष्ँ दिपक कार्की लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम एनआरएनए क्षेत्रिय समिति नागोयाका संयोजक श्याम शितलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया