जापान सरकारले नव विवाहित जोडीलाई ६ लाख येनसम्म दिने

टोकियो । जापान सरकारले भर्खरै विवाह गरेको दम्पत्तिलाई एक मुष्ठ ६ लाख येनसम्म दिने योजना अघि सारेको छ । सरकारले नव विवाहित दम्पत्तिलाई ६ लाख येनसम्म दिने भएको हो ।
विवाहलाई प्रोत्साहन दिन सरकारले ल्याएको कार्यक्रम अवलम्बन गर्ने नगरपालिकामा बस्ने दम्पत्तिहरुले आगामी अप्रिलदेखि नयाँ वैवाहिक जीवन शुरु गर्दा भाडा र अन्य खर्च दिइने सरकारी स्रोत क्याबिनेट कार्यालयले बताए क्योदो न्यूजमा समाचार छ ।
ढिला विवाह गर्नु वा अविवाहित बस्नाले जापानको जन्मदर निकै न्यून यसको कारण एक मुष्ट रुपमा ठूलो रकम दिने र यस कार्यक्रममा थप जोडीलाई ल्याएर विवाहका लागि प्रोत्साहित गर्ने प्रयासमा सरकार छ । यस कार्यक्रमका लागि योग्य हुन पती र पत्नि दुबैको उमेर विवाह दर्ता हुने मितिसम्म ४० भन्दा कम हुनु पर्नेछ र संयुक्त आय ५४ लाख येन भन्दा कम हुनु पर्नेछ । ३५ वर्षसम्म दम्पत्तिका लागि भने संयुक्त आम्दानी ४८ लाख येन तोकिएको छ । अभियानमा आधा खर्च स्थानीय सरकारले बेहोर्नु पर्ने भएकोले जुलाईसम्ममा जापानका सबै शहर र गाउँको १५ प्रतिशतले यो कार्यक्रम अबलम्बन गरेका छन् । यो संख्या बढाउन केन्द्र सरकारले आर्थिक वर्ष २०२१ देखि भने दुई तिहाई खर्च बेहोरिदिने बताइएको छ । दम्पत्तिहरुले २ वटा मात्रै सन्तान जन्माउने प्रवृत्ति बढेसँगै जापानमा जन्मदर घटेको छ । यो समस्या सम्बोधन गर्न सरकारले विविध प्रयास गरिरहेको छ । गत वर्ष जापानी महिलाले जीवनभर जन्माउने बच्चाको संख्या १ दशमलव ३६ पुगेको भएपनि सो अवधिमा ८ लाख ६५ हजार मात्रै शिशुको जन्म भएको थियो । यो अहिलेसम्मकै न्यून भएको समाचारमा उल्लेख छ ।
कार्य ब्स्तस्तासंगै आर्थिक कठिनाईका कारण पनि जापानीहरु विवाहप्रति निरुत्साहित भएको सन् २०१५ मा गरिएको सर्वेक्षणले देखाएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया