पूर्वमन्त्री तामाङद्वारा करिब १ करोड २० लाख बराबरको खानेपानी पाईप हस्तान्तरण ।

सुशील सुवेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला संघीय निर्वाचन क्षेत्र नं २ का सांसद एवम पूर्व कानुन मन्त्री शेर बहादुर तामाङद्वारा आज करिब १ करोड २० लाख बराबरको खानेपानीको पाईप हस्तान्तरण गर्नु भएको छ ।

उहाँको निर्वाचन क्षेत्रमा सन्चालित ४९ वटा योजनाहरु मध्ये २६ वटा खानेपानी योजनाहरुको लागि आज पाईप हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ ,मेलम्ची नगरपालिका मेयर डम्बर अर्याल ,मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा समेतको उपस्थिति रहेको योजनाहरुको समन्वय गरि रहनु भएका सांसद तामाङका स्वकिय सचिव निर्मल बन्जाराले जानकारी दिनुभयो ।

उक्त हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरुसंग अन्र्तक्रिया गर्दै पूर्व मन्त्री तामाङले राज्यद्वारा प्रदान गरिएका सेवा सुविधाहरुको उच्च सदुपयोग गर्नका लागि उपभोक्ताहरुलाई अनुरोध समेत गर्नुभयो । उहाँले मेलम्चीको पानी काठमाडौं जानु भन्दा पहिलेनै सिन्धुपाल्चोकलाइ खानेपानी समस्या मुक्त जिल्ला घोषणा गर्नुपर्नेमा जोडदिनुभयो ।

खानेपानी मन्त्रालयको विशेष योजना अन्तरगत मेलम्चि खानेपानी प्रभावित क्षेत्रहरुमा गत वर्षदेखि विभिन्न योजनाहरु सन्चालित रहेका छन ,जस अन्तरगत खरिद गरिएका खानेपानीका पाईपहरु आज उपभोक्ता समितिहरुका पदाधिकारीहरुलाई हस्तान्तरन गर्नु भएको हो ।

सिन्धुपाल्चोक जिल्लालाई सन २०२२ सम्ममा गुणस्तरीय खानेपानी युक्त बनाउन तामाङको विशेष योजना अन्र्तगत आफ्नो निर्वाचन क्षेत्रमा मात्र यस आर्थिक वर्षमा करिव ८० वटा आयोजनाहरुमा खानेपानी मन्त्रालयबाट रकम बिनियोजन गरिएको भन्दै खानेपानी मन्त्रालयलाइ पूर्व मन्त्री तामाङले हार्दिक आभार समेत प्रकट समेत गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया