जापान । जापानभर सोमवार थप ३१२ जना कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार सेप्टेम्वर २१ तारिख टोकियोमा ९८ जनासहित जापानमा ३१२ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण सेप्टेम्वर २१ तारिखसम्म आन्तरिक र बाह्य गरि ७९ हजार ४५३ जना संक्रमित भएका छन् ।
संक्रमित मध्ये ७१ हजार ४०४ जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १,५१७ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया