अर्थतन्त्रलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय यात्रा पुनःशुरु गर्नु अपरिहार्य : प्रधानमन्त्री सुगा

टोकियो । जापानको अर्थतन्त्रलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय यात्रा पुनः शुरु गर्नु अपरिहार्य रहेको प्रधानमन्त्री योशिहिदे सुगाले बताउनु भएको छ ।
जापानले अक्टोबरदेखि सबै देशका लागि प्रतिबन्ध खुल्ला गर्नेभएको हो । शुक्रवार पत्रकार सम्मेलनमा प्रधानमन्त्री योशिहिदे सुगाले सबै देशका लागि प्रतिबन्ध खुल्ला गर्ने बताएका छन् । अक्टोबर महिनाबाट विद्यार्थी लगाएत सबैलाई जापान प्रवेश गर्न दिइने भएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि जापान सरकारले गठत गरेको कार्यदलका माझ प्रधानमन्त्री सुगाले भने ‘अर्थतन्त्रलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रीय यात्रा खुल्ला गर्नु अपरिहार्य छ,त्यसैले सरकारले यस्तो निर्णय गरेको हो । जापानमा पछिल्ला केहि सातायता कोरोना भाईरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । यसका साथै विमानस्थलमा परीक्षण क्षमता पनि वृद्धि गरिएको जानकारी गराएको छ । जापान सरकारको यो निर्णयले नयाँ भिसामा जापान आउन प्रतिक्षारत मानिसहरुलाई पनि ढोका खुला गरेको छ । केहि हप्तायत कम नयाँ संक्रमण देखा परेको छ, स्थानीय अधिकारीहरूले सावधानीपूर्वक सामाजिक र आर्थिक गतिविधिमा प्रतिबन्ध हटाएर सरकारले यात्रालाई सहयोग पुर्‍याएको छ ।
सरकारले टोकियो जाने र टोकियो वाहिर जाने आन्तरिक यात्राहरूलाई अक्टुबर १ देखि यसको गो टु ट्राभल कार्यक्रममा समावेश गरिनेछ । अक्टोबर मध्यमा अर्को अनुदान कार्यक्रम पनि शुरू गर्ने निर्णय जसमा निश्चित मनोरन्जन र सांस्कृतिक कार्यक्रमहरूको लागि टिकट खरीद गर्नेहरूलाई छुट र कुपन प्रदान गरिने समाचारमा जनाएको छ ।
आप्रवासीहरुलाई जापानले मेडिकल, सांस्कृतिक र खेलकुद सम्बन्धी गतिविधिहरूमा संलग्न हुने उद्देश्यका लागि अनुमतिविनाका विदेशी नागरिकहरूलाई तीन महिना वा सो भन्दा बढी रहन अनुमति दिनेछ । तीन महिना भन्दा कमको लागि व्यवसाय भ्रमणहरूलाई पनि अनुमति दिइने जनाएको छ ।
ती यात्रीहरूले जापानमा प्रवेश गर्नु भन्दा पहिले कोरोना भाइरसको परीक्षण गरेर नेगेटिभ रिपोर्ट समावेश गर्नु पर्ने छ । यस अवधिमा जापान प्रवेश गर्ने विदेशीले जापानको निति नियम र विशेषगरि सार्वजनिक यातायातको प्रयोग गर्न नपाउने र १४ दिनसम्म सम्म हामे क्वारेन्टाईनमा बस्नु पर्ने हुन्छ । जापान सरकारले दिन प्रतिदिन आगमनको संख्या बढ्ने भन्दै एयरपोर्टहरुमा कोभिड १९ परीक्षण क्षमता वृद्धि हुनेछ, सरकारी स्रोतहरु भन्यो । हामी प्रत्येक देशमा संक्रमणको स्थितिलाई हेरेर र आवश्यकताको यात्रालाई ध्यान दिएर प्रवेश प्रतिबन्धलाई सहज बनाउन थाल्नेछौं,अर्थमन्त्री यासुतोशी निशिमुरा भनेका छन् ।
जापानले हाल १५९ देश र क्षेत्रहरूमा प्रवेश प्रतिबन्ध लगाएको छ भने जापानमा १ हजार ५ सयभन्दा बढीको मृत्यु साथै ८० हजारभन्दा बढी कोरोनाभाइरस संक्रमण देखिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया